कपिलबस्तु, २ माघ । लोक तथा दोहोरी गायिका शान्ति श्री परियार कार दुर्घटनामा परी घाइते भएकी छन्। पश्चिमबाट काठमडौँतर्फ आउँदै गर्दा कपिलबस्तुको गोरुसिङेमा कार दुर्घटना हुँदा उनी घाइते भएकी हुन् ।

santiनेपालगञ्जको सांस्कृतिक कार्यक्रममा सकेर लमजुङको कार्यक्रमका लागि जाने क्रममा गोरुसिङेमा परियार चढेको कार दुर्घटना भएको हो । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।