इन्द्रेणी संवाददाता
दाङ, ३ माघ । मोटरसाइकलको ठक्करबाट घोराहीमा एक जना बालक घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका १३ दमारगाउँबाट वसपार्कतर्फ आउदै गरेको रा ३ प ७६७४ नम्बरको मोटरसाइकलले बुधवार ठक्कर दिदा रोल्पा रुम्झा गाउँपालिका १ लापा वस्ने बलबहाुर घर्तीको ७ वर्षिय छोरा विक्रम घर्ती गम्भीर घाइते भएका हुन् ।
बालक घर्तीलाई उपचारका लागि कोहलपुर पठाइएको थियो । ठक्कर दिने मोटसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।











