इन्द्रेणी संवाददाता
दाङ, ३० पुस । दाङमा जुवाको खालबाट प्रहरीले नगदसहित आज ६ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले तलसीपुरको वसपार्कस्थित रुकुमेली प्रकाश गेष्ट हाउस एण्ड लजमा जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक भिमबहादुर कार्कीको प्रहरी टोलीले नगद ९३ हजार ७ सय ८५ रुपैयाँसहित उनीहरुलाई जवा कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले होटल सञ्चालकलाई समेत उक्त कार्यमा संलग्नता भएको भन्दै नियन्त्रणमा लिएको छ ।











