काठमाडौं, २९ पुस । प्रदेश नम्बर २ का आर्थिक मामिलामन्त्री विजय यादव र पर्यटन तथा वन मन्त्रालयका सचिव निद्यानाथ झाबीच कुटाकुट भएको छ।
मन्त्री यादव संघीय समाजवादी फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष समेत रहेका मन्त्री यादवले आज आफ्नै कार्यकक्षमा सचिव झालाई कुटेको स्रोतले जनाएको छ ।
कुटपिट लगत्तै सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्रीले सचिवलाई कुटेपछि पर्यटन तथा वन मन्त्रालयका कर्मचारी मन्त्रीविरूद्ध धर्ना समेत दिएका थिए ।











