काठमाडौँ, २७ पुस । राष्ट्रिय सहकारी महासङ्घका अनुसार नेपालका सहकारीमा ३ खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो ।

sahakariसङ्कलित रकममध्ये २ खर्ब ७२ अर्ब ऋण लगानी भएको छ । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले बताए ।

विभिन्न २० प्रकारका सहकारीहरू महासङ्घमा आबद्ध रहेको र कूल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान चार प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशत रहेको छ ।