इन्द्रेणी संवाददाता
दाङ, २६ पुस । थारु समुदायको महान पर्व माघी नजिकिदै गर्दा दाङको घोराहीमा आज विहीबारदेखि प्रादेशिक माघी महोत्सव २०७५ शुरु भएको छ । महोत्सवको उद्घाटन प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरे ।
भोली शुक्रवारसम्म चल्ने महोत्सवमा दाङ, बाँके, वर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, कपिलवस्तुलगायतका थारु समुदायको संस्कृतिक प्रस्तुती रहेको छ । महोत्सव थारु कल्यानकारिणी सभा दाङले आयोजना गरेको हो ।





तस्विर : उदय बीसी/इन्द्रेणी अनलाइन











