इन्द्रेणी संवाददाता
दाङ, २६ पुस । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले थारू संस्कृतिलाई पर्यटनसँग जोडेर लैजानुपर्ने बताएका छन् ।

a2आजदेखि दाङको घोराहीमा शुरु भएको प्रादेशिक माघी महोत्सव २०७५ को उद्घाटन गर्दै मन्त्री पोखरेलले थारू संस्कृति अन्य समुदायको संस्कृति भन्दा छुट्टै विशेषता भएको संस्कृति भएकाले यसलाई देशको पर्यटन प्रबद्र्धनसँग जोडेर लैजान आवश्यक भएको बताए । ‘थारू समुदायका केही नाचहरु अझै मञ्चमा देखाउनका लागि परिमार्जन भएका छैनन्, तर ती नाचको आफ्नै महत्व छ’, उनले भने, ‘यी संस्कृतिहरुलाई परिमार्जन गर्दै पर्यटनसँग जोडेर लैजान आवश्यक छ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार थारूलगायतका विभिन्न समुदायका संस्कृतिलाई जोगाउदै विकास गर्न तत्पर रहेको भन्दै थारु समुदायको मुख्य पर्व माघीमा पनि प्रदेश सरकारले दुई दिन विदा दिएको जानकारी दिए ।

कार्यक्रममा नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले माघी पर्व थारु समुदायमा प्रमुख पर्व भएको उल्ले गर्दै यसलाई संरक्षण गर्दै विकास गर्न राज्यले पनि सहयोग गर्नुपर्ने बताइन् । थारु समुदायहरुले आफ्नो संस्कृतिलाई संरक्षण गर्दै आफ्ना अधिकार प्राप्तिका लागि पनि एक भएर जानुपर्ने उनको भनाइ थियो ।

भोलीसम्म चल्ने उक्त महोत्सव उद्घाटन पूर्व थारु, नेवार, मगर समुदायका विभिन्न संस्कृतिसहितको ¥यालीले घोराही बजार परिक्रममा गरेको थियो । कार्यक्रममा दाङ, बाँके, वर्दिया, सुर्खेतलगायतका विभिन्न थारु संस्कृतिक प्रस्तुतीहरु देखाइएको थियो ।
महोत्सव आयोजक थारु कल्यानकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा र संघीय सभाका सदस्यहरुले आफ्ना विचार राखेका थिए ।