इन्द्रेणी संवाददाता
दाङ, २६ पुस । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनमा चिन्ता व्यक्त गरेका छन् । वर्तमान समयमा संविधान कार्यान्वयनमा देखिएका समस्याप्रति संकेत गर्दै उनले चिन्ता व्यक्त गरे ।
विहीवार दाङ आइपुगेका यादवले रिपोटर्स क्लव दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले संविधान कार्यान्वयन अहिलेको महत्वपूर्ण विषय भएको भन्दै यसमा दवाव दिन समेत जरुरी रहेको बताए ।











