इन्द्रेणी संवाददाता
दाङ, २६ पुस । दाङको घोराहीमा आजदेखि प्रदेशस्तरीय माघी महाृत्सव शुरु हुँदैछ । जिल्ला समन्वय समितिको प्रागंनमा शुरु हुने महोत्सवको उद्घाटन प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोख्रेलले गर्ने महोत्सव प्रचार प्रचार समितिका संयोजक सन्तोष दहितले बताए ।

maghiविहान १० बजे थारु समुदायको संस्कृति झाँकीले घोराही बजार परिक्रमा गर्ने र त्यसपछि महोत्सवको उद्घाटन हुनेछ । ‘संकृतिक विकासके लाग हमार अभियान, सामाजिक न्याय सहितक समृद्धम योगदान’ भन्ने मुल नारासहित शुरु भएको महोत्सव पुस २६ र २७ गते चल्ने छ ।

tharu-culture-dance-during-maghiमहोत्सवमा प्रदेश नं. ५ को दाङ, बाँके, वर्दिया, कपिलबस्तु, रुपेन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदुर पश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाको थारु नाच प्रदर्शनी हुँदै छन् ।