इन्द्रेणी संवाददाता
दाङ २५ पुस । दाङको तुलसीपुरमा बहुआयामिक सभाहलको शिलन्यास गरिएको छ । तुलसीपुर उधोग बाणिज्य सङघले निर्माण गर्न लागेको सभाहलको शिलन्यास गरिएको हो ।

sabhahal selanyasपश्चिम दाङमा सुबिधायुक्त सभाहल नहुदा ठुला कार्यक्रमहरु सञ्चालन गर्न समस्या भैरहेको सन्दर्भमा उधोग बाणिज्य सङघले निर्माण गर्न लागेको सभाहललाई सबै क्षेत्रबाट सहयोगमाको खाचो रहेको समेत ब्यबसायीहरुले बताएका छन् ।

तुलसीपुर–९ दोघरेमा करिब ५ कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा पार्किङसहितको वहुआयामिक सभाहलको शिलान्यास गरिएको हो । महापुराणबाट सङकलन गरेको करिव २ करोड र अन्य मेला महोत्सब तथा बिभिन्न क्षेत्रबाट प्राप्त सहयोग गरी करिव ३ करोडको तयारीमा सभाहल निर्माण शुरु गरिएको निर्माण समितिका संयोजक विमाल रिलालले जानकारी लिए ।

भवन डेढ वर्ष भित्रमा सम्पन्न हुने बताइएको छ । भवनको शिलान्यास नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चण्डिराज ढकालले गरेका हुन् ।