इन्द्रेणी संवाददाता
दाङ, २५ पुस । दाङमा एक जनाको टेक्टरले च्यापीएर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुरको सवारीकोटबाट दाउरा लोड गरेर लक्ष्मीपुरतर्फ आउँदै गरेको रा १ त १२४५ नम्बरको टेक्टर पल्टदा चालक प्युठान नौवहिनी गाउँपालिका स्याउलिवाङ वस्ने २२ वर्षका रामु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक बुढाको सव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

फोटो फाइल
यसैगरी घोराही उपमहानगरपालिका १७ तेरौटे बस्ने बर्ष ४६ को गोपाल नेपालीको जस्ताले बारेको टहरोमा बिद्युतको तारसट भई आगलागी भएको छ आगलागीबाट सोलार थान १, डिसहोम थान १, बाख्रा ३ सहित लत्ता कपडा, अन्नपात गरी अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ ।











