इन्द्रेणी संवाददाता
दाङ, २१ असार
नेपाल दलित संघ केन्द्रिय कार्यालय सानेपा ललितपुरले संघको दाङ जिल्ला कार्यसमिति यतावत रहेको वताएको छ । दाङ जिल्ला कार्यसमितिलाइ पत्र लेख्दै संघले संघका महासचिव लक्ष्मी परियारले दाङको कार्यसमिति विघटन गरी नयाँ संयोजक तोकेको उल्लेख गरेको छ ।
गत वैशाख तेस्रो साता वसेको केन्द्रिय कार्यसमितिको वेठकले आगामी मंसिरमा महाधिवेश गर्ने निर्णय भए पश्चात दाङमा नयाँ संयोजक तोकेको भन्ने जानकारी आएकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रिय उपाध्यक्ष छत्रवहादुर उपाध्यायले हस्ताक्षर गर्नुभएको पत्रमा संघको विधान वमोजिम जिल्ला अध्यक्ष दिनेश नेपालीको निधनपश्चात संघका उपाध्यक्ष चन्द्र वहादुर नेपाली नै स्वतः कार्यवाहक अध्यक्ष भएको उल्लेख छ ।
साथै जिल्ला कार्यसमितिलाइ लेखिएको पत्रको बोधार्थ काँगे्रस सभापतिको कार्यालय र महान्त्रीको कार्यालयमा पठाइएको छ ।।