रेखा मगर
दाङ, २१ असार
दाङको घोराहीमा आयोजित वृहत चित्रकला प्रर्दशनी सकिएको छ ।
जिल्ला वन कार्यालय नजिकै रहेको विष्णु आर्ट निवासमा अस्ती, हिजो र आज गरी तीनदिनसम्म चित्रकला प्रर्दशनी गरिएको हो ।
विष्णु आर्ट सेन्टरका विष्णु आर्टले चित्रला प्रदर्शनीमा समाजमा भएका असमानता, कुरिती, सामाजिक समस्या, देशप्रेम, वातावरण अनुकुलन, पृथ्वीमा हलचल, मानव जीवनका खतरा झल्काउने चित्र गरी ४० वटा चित्रहरु प्रदर्शन गरिएको जानकारी दिनुभयो ।
दाङमै पहिलो पटक आयोजना गरिएको प्रदर्शनीमा सहभागी सौडियार २ का मनोज घर्तीले चित्रको माध्यमवाट समाजमा अझैपनि छोराछोरीविचको भिन्नता यथावत रहेको र त्यसको अन्त्यका लागी सचेतना आवश्यक रहेकोवारे जानकारी मिलेको वताउनुभयो ।
साथै दाङमै पनि कला मन पराउनेहरु धेरै रहेको चित्रकला प्रदर्शनीवाट पाइएको छ । ३ सय देखि २५ हजारसम्म मुल्य रहेका चित्रमध्य ५ वटा चित्र विक्रि भएको छ भने १ हजार वढिले अवलोकन गरेका छन ।।
