काठमाडौं, २० पुस। प्रहरीले ठुलो दलबलसहित रामबहादुर बमजनको सिन्धुपोल्चोकको आश्रम छापा मारेको छ । सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीको नेतृत्वमा शुक्रबार विहान छापा मार्न गएको टोलीमा फोरेन्शिक विशेषज्ञसहित सिआइबिको टोली समेत संलग्न रहेको छ ।
बमजनको आश्रमबाट केही अनुयायीहरु बेपत्ता भएको उजुरीको आधारमा प्रहरीले छापा मारेको बताइएको छ । अनुयायी सञ्चलाल वाइवाको हत्या गरी बमजन आश्रमभित्रै गाडिएको आशंका प्रहरीले गरेको छ ।











