काठमाडौँ, २० पुस । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई सम्पूर्ण जिम्मवारीबाट मुक्त गरिएको छ । मुद्दा हेर्नबाट बञ्चित गरिएका जोशीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको न्याय परिषद बैठकले सम्पूर्ण जिम्मेवारी खोसेको हो ।
परिषद् सदस्यका रूपमा समेत बिहीबारको बैठकमा जोशीलाई आमन्त्रण गरिएन । इजलास खोसिएको भोलिपल्टै जोशीले वरिष्ठतम् न्यायाधीशका रूपमा पाएका सम्पूर्ण जिम्मेवारी पनि खोसिएको हो । परिषद्ले संवैधानिक इजलास पुनर्गठन गर्दै जोशीलाई सदस्यबाट हटाएको छ ।











