काठमाडौं, १९ पुस । कैलालीको टीकापुर घटनाको अभियोग लागेर पूर्पक्षका लागी थुनामा रहेका रेशम चौधरीले सांसद पदको सपथ लिएका छन् ।
डिल्ली बजार कारागारमा रहेका चैधरीलाई सपथका लागी सिंहदरबार पुर्याइएको थियो । कैलाली जिल्ला अदालतमा मुद्दा विचाराधिन रहेका चौधरी फरार अवस्थामै कैलाली १ बाट चुनाव लडेर विजयी भएका थिए ।
सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सपथ ख्वाएका थिए । २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भए पनि उनले सपथ लिन पाएका थिएनन् ।











