इन्द्रेणी संवाददाता

दाङ १९ पौष । साविक राप्तीको एकमात्र सम्पन्न सरकारी  अस्पतालको रुपमा स्थापित तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मातहतमा गए संगै भएको चरम मुल्य वृद्धिको चौतर्फी बिरोध भएको छ । सेवा सुबिधा यथावत अबस्थामै रहेपनि अस्पतालमा हुने बिभिन्न सेवामा ७५ देखि ६ सय प्रतिसत सम्म मुल्य वृद्धि भएपछी सेवाग्राही आन्दोलित भएका हुन् ।

सुबिधा थप नगरेरै एकाएक मुल्य आकासिय पछी दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी भइ प्रतिनिधि सभाका सभामुख भएका सभामुख कृष्णबहादुर महराले तत्काल मुल्य बृद्धि फिर्ता लिन प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीलाई आग्रह गरेपछि यसको बिरोधमा बिभिन्न व्यक्ति ,संघ , संस्था र राजनीतिक दल उत्रिएका हुन् ।

अस्पतालको सेवा सुबिधामा कुनै फेरबदल नआएर रातारात मुल्य आकासियपछी दाङबाट प्रतिनिधि सभा , राष्ट्रिय सभा र प्रदेश सभामा बिजयी नेताहरुले उपकुलपति भण्डारी लाइ शुल्क वृद्धि फिर्ता लिन आग्रह गरेपनि उपकुलपति भण्डारी आफ्नो निर्णयमा टसमस नगरेपछि सेवाग्राही आन्दोलनमै उत्रिएकाहुन् ।

शुल्क वृद्धिको बिरुद्धमा सत्तारुढ दल नेपाल कमन्युष्ट पार्टी ९ नेकपा ० , राष्ट्रिय जनमोर्च लगाएतका दलहरुले बिज्ञप्ती निकालेर कडा शब्दमा बिरोध गर्दै तत्काल फिर्ता लिन आग्रह गरेका थिए ।

बिरुद्धमा ओर्लियो बिद्यार्थी संगठन

यस्तै सेवा शुल्कमा अनावश्यक भएको भारि वृद्धिको अनेरास्वबियु क्रान्तिकारी र अनेरास्वबियुले कडा बिरोधमा उत्रिएकाछन् । बिद्यार्थी संगठनहरुले दाङको घोराहीमा   बृहत जुलुस तथा कोण सभा गरेर सेवाशुल्क वृद्धिको बिरोध गरेकाहुन् ।

सेवा शुल्कको वृद्धिमा भएको कोण सभामा अखिल क्रान्तिकारीका दाङ जिल्ला इन्चार्ज सन्तोष पोख्रेलले संबिधानको मौलिक अधिकार लाइ कुठाराघात गर्दै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान कार्यकारी समितिको हवाला दिदै प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीले गरेको स्वेच्छाचारी निर्णयको बिरोध गरेका हुन् । कोणसभामा अनेरास्वबियुका नेता बिरवल खडका र सर्जन परियारले पनि बिरोध गरेका थिए ।

पत्रकार महासंघ दाङद्वारा कडा बिरोध

त्यस्तै शुल्क वृद्धिकै बिरोधमा नेपाल पत्रकार महासंघ दाङले पनि कडा शब्दमा बिरोध गरेको छ ।   जनतालाई सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सुबिधा तथा उच्चस्तरीय स्वास्थ्य शिक्षा दिने उद्देश्यले दाङको घोराहीमा स्थापना गरिएको राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानले पौष १७ गते देखि स्वास्थय सेवा शुल्कमा वृद्धि गरी कार्यन्वयन समेत गरेकाले आम गरीब तथा निमुखा जनताको निशुल्क गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार कुण्ठित भएको महसुस गर्दै नेपाल पत्रकार महासंघ दाङ पनि बिरोधमा उत्रिएको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताए ।

नेपालको संविधानमा नै स्वास्थयलाई मौलिक हकका रुपमा स्थापित गरेको र स्वयम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७४ को दफा ३१ मा प्रतिष्ठानले नेपाल सरकार वाट स्विकृत भएको राष्ट्रिय शिक्षा तथा स्वास्थ्य नीतिअनुरुप काम गर्नु पर्ने उल्लेख गरिएकोमा आम सेवाग्राहीलाई मारमा पार्ने गरी गरिएको शुल्क वृद्धि तत्काल फिर्ता लिन प्रतिष्ठान समक्ष पत्रकार महासंघ जोडदार माग गरेको र यसको कुनै सुनुवाई नगरे महासंघ पनि सशक्त आन्दोलमा उत्रिने अध्यक्ष प्रियासनको भनाइ थियो  ।

यस्तै साबिकको राप्ती उपक्षेत्रिय अस्पताल छँदा अस्पतालले प्रदान गर्दै आएको निशुल्क तथा नियमित सेवा समेत बन्द गरिएकोमा ति आमा सुरक्षा कार्यक्रम, क्षयरोग निवारण कार्यक्रम, पोषण पुर्नस्थापना गृह एवं एकद्धार संकट व्यवस्थापन प्रणालीलाई सम्बन्धित निकाय संग समन्वय गरी तत्काल सुचारु गराउन समेत महासंघको जोडदार माग रहेको छ ।