हुम्ला, १९ पुस । हुम्लामा भारी हिमपात भएको छ । बुधबार बिहानैबाट आकाशमा बाक्लो बादल लागेको भए पनि हिमपात भने बेलुकाबाट सुरु हुँदा चिसो अत्याधिक बढेको छ ।

schholबेलुका नै तापक्रम माइनस ११ डिग्री सेल्सियस पुगेको छ । बुधबार बेलुका ७ बजेसम्म सिमकोटमा बाक्लो हिउँ जमेको छ भने अग्ला डाँडामा चार इन्च हिउँ जमेको प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढुङ्गानाले जानकारी दिए । हिमपात भएपछि चिसो निकै बढेको र जनजीवन पनि निकै प्रभाबित भएको छ ।

jumlaप्रजिअ ढुङ्गानाले तापक्रम माइसन ११ डिग्रीमा झरेकोले चिसो भने अन्य दिनको अपेक्षा बढेको बताए । राति अझै माइनस १४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

बाक्लो कुहिरोका कारण हिमपात रातभरि हुने देखिएको छ । हिमपात जिल्ला भरि भएको छ भने नाम्खा गाउँपालिकाको लिमी, मुचु, यारी, चालामा धेरै भएको छ ।

चिसोको कारण नेटवर्कले काम गर्न नसक्दा उक्त स्थानहरूमा सञ्चार सम्पर्क समेत हुन सकेको छैन । हिमपातले चिसो हुँदा खानेपानीका धारामा पानी बरफ जमेको छ ।