काठमाडौंँ, १९ पुस । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन प्रक्रिया सुरु भएकाले सो अभियानमा असहयोग गर्ने कर्मचारीलाई कानुनअनुसार कारबाही हुने बताए ।

Lalbabu-pandit-650x455मन्त्री पण्डितले सङ्घीय प्रणालीको स्थायी कार्यान्वयनको सुरुवात कर्मचारी समायोजनबाटै हुने विश्वास व्यक्त गरे आजको गोरखापत्रमा खबर छ । जनताको सेवालाई घरदैलोमा पु¥याउन सङ्घीय प्रणालीको आवश्यकता परेकाले जनताको सेवामा असहयोग गर्ने कर्मचारीलाई सरकारले छुट नदिने चेतावनीसमेत उनले बताए ।

कर्मचारी समायोजन गर्दा निजामती कर्मचारीलाई आवश्यक रुपमा सरकारले प्रोत्साहन सुविधा प्रदान गर्ने भएकाले नकारात्मक विषयको पछाडि नलाग्न उहाँले आम कर्मचारीलाई आव्हान गरे । “समायोजन कर्मचारीका निम्ति अवसरको पुलिन्दा हो । समायोजनबाट तर्सिनुपर्ने, मुख अमिलो बनाउनुपर्ने कुनै कारण छैन” मन्त्री पण्डितले भने, ‘आन्दोलनको नाममा मुलुकमा अराजकता सिर्जना गर्न खोज्नेलाई कानुनअनुसार कारवाही हुन्छ ।’

कर्मचारी मनचिन्ते रोगबाट ग्रसित भएको टिप्पणी गर्दै उनले भने, “कर्मचारी ‘मन चिन्ते’ रोगबाट बाहिर आउनुपर्छ । समायोजनले कर्मचारीको मनोबल घटाउने आरोप, विरोध मनगढन्ते कुरा मात्र हो । केही नपाएपछि कनिका केलाउनु जस्तै हो ।”

समायोजन प्रक्रियामा सरकारले कर्मचारीलाई आवश्यक प्रोत्साहन सुविधा प्रदान गर्न लागेको बताउँदै पण्डितले दुर्गम ठाउँमा समायोजन हुने कर्मचारीलाई थप सेवा सुविधा प्राप्त हुने प्रष्ट परे ।