सर्लाही, असार २१
सर्लाहीमा सुकुम्बासीसँग झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् ।

poमूर्तियामा सागरथान वन विकास परियोजनाको २९ सय हेक्टर जमिन अतिक्रमण गरेर बसेका सुकुम्बासीले लगाएको मकै फाँड्न खोज्दा झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले झडपको क्रममा सुकुम्बासीले ढुंगा प्रहार गरेपछि प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेको वताएको छ । प्रहरी प्रवक्ता डिएसपी सीताराम रिजालका अनुसार वन परियोजनाको जग्गामा झण्डै ८ हजार घरपरिवारले खेती गरेका छन् ।।