जाजरकोट, २१ असार ।
२९ महिना पहिले देखी जिल्लामा सञ्चालन भएको स्थानिय सरकारको अभिवृद्धी परियोजनाको वहिर्गमन भएको छ । मंगलवार जिल्ला सदरमुकाममा औपचारिक कार्यक्रमको आयोजनाा गरेर परियोजना वहिर्गमन भएको हो ।
सेवाग्राही र सेवाप्रदायिकलाई जिम्मेवार र उत्तरदायी वनाउन सार्वजनिक जवाफदेहिताका औजारहरुको प्रयोगमा आधारित परियोजनाको समय अवधी छोटो रहेको कार्यक्रका सहभागीहरुले वताएका छन् ।
२०७० फागुण देखी जिल्लामा सुरु भएको परियोजनाले दिएको तालिम प्रशिक्षणवाट २९ महिनाको अवधीमा सामान्य गृहणीका रुपमा रहेकी रामीडाडाँ गाविसकी गोपी नेपाली समुदायीक स्वयमसेक प्रतिवेदक वनेर हाल कालिका माध्यामिक विद्यालयको अध्यक्ष हुन सफल भएको छ ।
त्यसैगरी भगवति गाविसकी जय कुमारी वली समुदायीक स्वयमसेक प्रतिवेदक हुदै हाल स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रमको सामाजिक परिचालक हुन सफल भएको स्थानिय सरकारको जवाफदेहिता अभिवृद्धी परियोजना जिल्ला संयोजक दिनेश चौधरीले कार्यक्रममा प्रस्तुत गरे । त्यसैगरी साविकका ३० वटै गाउँ विकास समितिमा रहेका ३० जना समुदायीक स्वयमसेक प्रतिवेदक मध्यवाटै २१ जना स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रमको श्रोत व्यक्ति वन्न सफल भएकोमा परियोजनाको सफलता यिनै भएको संयोजक चौधरीले वताए ।
वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, गाविस र जिल्ला विकास समितिसंगको सहकार्यमा सञ्चालित परियोजनाले सार्वजनिक जवाफदेहीताका औजारका रुपमा सार्वजनिक सुनुवाई, सामुदायिक अंक पत्र, सार्वजनिक परिक्षण, सार्वजनिक खर्चको सोध खोज, पालना अनुगमन, नागरिक पत्र सर्वेक्षण जस्ता विषयलाई प्रयोग गरिएको संयोजक चौधरीको भनाई रहेको छ ।
नेपाल सरकार, संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय र स्वीस सरकारको साझेदारीमा सञ्चालित परियोजना देशका ९ वटा जिल्लामा सञ्चालित परियोजना हो । केन्द्रमा को भ्याड आस्था जेभीसंगको साझेदारीमा उक्त परियोजना जाजरकोटमा ग्रामिण समाज नेपालसंगको साझेदारीमा सञ्चालित थियो ।।