काठमाडौं, १५ पुस। मुलुकभर चिसो बढेको छ । केही सातादेखि मुलुकभर चिसो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन दिनबाट १ डिग्रीमा झरेको छ ।
शनिबारको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस छ । तापक्रम घटेका कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बन्दै गएको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने मौसमविद् वरुण पौडेल बताए ।
आइतबार साँझबाट मध्य र पूर्वी पहाडी जिल्लाहरूमा हल्का वर्षा हुने सम्भावनासमेत रहेको छ । अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्न सक्ने मौसम विद्धहरु बताउछन् ।










