बर्दिया, १४ पुस । अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग दर्ताका लागि सिफारिस गर्न २ लाख ५० हजार रुपैयाँ घुस लिदै गर्दा बर्दिया राजापुर नगरपालिका–१० का वडा सदस्यलाई रंगेहात पक्राउ गरेको छ ।

ghusवडा सदस्य उत्तम चौधरीले क्रसर उद्योग दर्ता गर्न सिफारिस र सहयोग गर्ने भन्दै घुसबापत लिएको रकमसहित चौधरी पक्राउ परेका हुन् ।

आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले चौधरीलाई घुस लिइसकेको अवस्थामा २ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले बताए । चौधरीलाई घुसबापतको रकम लिइसकेको अवस्थामा बर्दिया कोठियाघाटस्थित इच्छा होटलबाट बुधबार पक्राउ परेका हुन् ।