इन्द्रेणी संवाददाता
दाङ, १३ पुस । दाङमा एक जनाको करेन्ट लागेर ज्यान गएको छ । घोराही उपमहानगरपालिका ६ चैनपुर स्थित घोराहीबाट जन्द्रागाउँतर्फ जादै गरेको रा १ ख ४६८ नं. को बस रोकी सामान झार्ने क्रममा उक्त बसका मालिक बर्ष २८ को शंकर चौधरीको ज्यान गएको हो ।
समाना झार्ने क्रममा विजुलीको तारमा छुएपछि घाइते भएको चौधरीको उपचारका लागि राप्ती स्बास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।











