इन्द्रेणी संवाददाता
दाङ, १३ पुस । दाङमा भएको छुट्टाछ्टै सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

accdentविहीबार वेलुका तुलसीपुर ५ घोराही चोकस्थित तुलसीपुरदेखि घोराही तर्फजादैँ गरेको रा ३ प ७६६४ नंं. को मोटरसाइकलले सोही ठाउँका ५० वर्षिया तिलकुमारी बुढाथोकीलाई ठक्कर दिँदा घाइते भएकी छन् । उनको अवस्था गम्भीर भएकाले मेडिकल कलेज कोहलपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै बेलुका नै तुलसीपुर ८ चमेखोला स्थित अस्वारादेखि तुलसीपुरतर्फ आउदै गरेको रा ४ प ८५१७ नं.को मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालकसुरज वली घाइते भएका छन् ।