झापा, १३ पुस । झापाको साठी विघा भन्ने स्थानमा आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन् । मेचीनगर–६ स्थित साठी बिघामा आगलागी हुँदा २२ वटा घर तथा टहरा जलेर नष्ट भएका हुन् ।

agooगएराति करिब ८ बजेबाट आगलागी सुरु भएको आगो तीनवटा बारुणयन्त्रको सहायताले करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो ।
आगलागीबाट १६ वटा टहरा र ६ वटा घर जलेको झापा प्रहरीले जनाएको छ । उक्त आगलागीबाट करिब डेढ करोडभन्दा बढीको क्षति पुगेको प्रहरीले जनाएको छ ।