इन्द्रेणी संवाददाता
दाङ, २१ असार
बिप्लव माओवादी निकट अखिल क्रान्तिकारी दाङले गंगा उमावि रामपुरमा २ वटा इकाइ कमिटी गठन गरेको छ ।

feature

कक्षा १० का २ वटा कक्षा इकाइ कमिटी र कमल नेपालीको अध्यक्षतामा ४५ सदस्य एउटा मूल इकाइ कमिटी गठन गरेको छ  ।

जस्को उपाध्यक्ष सुस्मिता चौधरी पारस भण्डारी अनु रावल सन्तोष डाँगी सचिव विध्या शर्मा सहसचिव राम घर्ती, समिक्षा वलि, सागर केसी सिता भुषाल, बसन्ती बोहरा, कोषाध्यक्ष प्रकाश पोख्रेल रहनु भएको छ ।

सो अबसरमा जिल्ला अध्यक्ष हेमन्त जिसी र सचिव मदन केसीले समसामयिक विषयवस्तु र साङगठनिक विषयवस्तुमा प्रशिक्षण दिनुभएको थियो थियो । पुर्व जिल्ला सदस्य सुरेन्द्र चौधरीको अध्यक्षमा भएको कार्यक्रमको सहजिकरण विनोद चन्दले गर्नु भएको थियो ।।