दीपबहादुर घर्ती
जाजरकोट, २१ असार ।
जिल्लाको लहँ गाविस वडानं. ४ मा रहेको बागमारे खोला लघु जल जिद्युत्त आयोजनालाई वातावरण मैत्री वनाउन नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले गत वर्ष देखी आर्थिक सहयोग गर्दै आईरहेकोे छ । आयोजनालाई दीगो वनाउन जलवायु परिवर्तन सहयोग कार्यक्रमले आयोजनालाई वातावरण मैत्री वनाउन थालेको हो ।
बागमारे खोला लघु जल जिद्युत्त आयोजनाको वाँध निर्माण, मुहान संरक्षण र पावर हाउस संरक्षणका लागीे गत वर्ष १२ लाख, ९८ हजार र यस वर्ष ६ लाख रुपैया सहयोग गरेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम जाजरकोटले जनाएको छ ।
आयोजनाको मुहान तथा पावर हाउस संरक्षणका लागी जलवायु परिवर्तन सहयोग कार्यक्रमको सहयोगवाट वाँध निर्माण गर्नुका साथै ग्याविन जाली भरेर आयोजनालाई वातावरण मैत्री वनाउदै लिएको आयोजना निर्माण समितिका अध्यक्ष लक्ष्मीबहादुर रावलले वताए ।२०६८ साल देखी निर्माण कार्य सुरु गरिएको आयोजनाको कुल लागत २ करोड ४१ लाख हजार ९ सय ६३ रुपैया रहेको उर्जा शाखा जाजरकोटले जनाएको छ ।
उक्त आयोजना सम्पन्न गर्नका लागी लहँ गाउँ विकास समितिवाट २ लाख १२ हजार, बैकल्पिक उर्जावाट प्रदान गरिने रेगुलर सवसिडी १ करोड १४ लाख ७५ हजार अनुुदान दिएको उर्जा शाखाले जनाएको छ भने, एडिसनल सवसिडीवाट उर्जा शाखाले प्रदान गर्ने ३८ लाख २४ हजार ४ सय २५ रुपैया अनुदानको ५० प्रतिशत १९ लाख १२ हजारको भुक्तानी समितिलाई दिई सकेको र १९ लाख १२ हजार रुपैया भुक्तानी दिन वाँकी रहेको उर्जा शाखाले जनाएको छ ।
उक्त आयोजनामा विभिन्न निकायवाट प्राप्त भएको १ करोड ७४ लाख ९ हजार ४ सय २५ रुपैया वाहेक ६७ लाख ७ हजार ५ सय ३८ रुपैया समुदायले लगानी गरेको आयोजना निर्माण समितिले वताएको छ । अनुदान प्रदान गरेर आयोजना सम्पन्न गर्नलाई अनुदान प्रदान गर्ने सम्पूर्ण निकायलाई निर्माण समितिका अध्यक्ष लक्ष्मीबहादुर रावलले विशेष धन्यवाद दिएका छन् ।
४५ किलोवार्ड विद्युत उत्पादन क्षमताको अनुमान गरिएको आयोजनावाट ४५ देखी ४८ किलोवार्ड विद्युत्त उत्पादन हुने गरेको उर्जा शाखाले जनाएको छ । आयोजनावाट लाभाम्वित हुने घरधुरी संख्या ४ सय ७३ रहेको आयोजना निर्माण समितिका अध्यक्ष लक्ष्मीबहादुर रावलले जानकारी दिए । गत वर्ष देखी वत्ती वाल्न सुरु गरिएको आयोजनाको विद्युत्त लाईन ३ सय ५५ घरधुरीमा जडान् गरिएको निर्माण ससमितिले जनाएको छ । लाइन जडान गरि घरमा विद्युतको उपभोग गरीरहेका उपभोक्ताहरुले घरमा वत्ति वाल्न पाएपछि निकै खुशी व्यक्त गरेका छन् ।।