दाङ । दाङको लमहीदेखि घोराही हुँदै तुलसीपुरसम्मको सडक चारलेन बन्ने भएको छ । बबइखोलादेखि तुलसीपुरको हात्तीखौवासम्मको करीव ३१ किलोमिटर सडकलाई ग्रीनवेल्टसहितको चारलेन बनाउन लागिएको हो ।
उक्त सडक निर्माणका लागि १ अर्ब २० करोड ३९ लाख ३ सय रुपैयाँ बजेटसमेट विनियोजन भइसकेको सडक सुधार तथा विकास आयोजना निर्देशनलायले जनाएको छ ।
आयोजनाका अनुसार सडकलाई फराकिलो पार्नका लागि ३० महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने गरी भारतीय निर्माण कम्पनी तथ्या इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टको निर्देशन आशयपत्र समेट प्रकाशित गरिएको छ । सडक निर्माणका लागि एक साताभित्र सम्झौता हुने निर्देशनालयले जनाएको छ ।











