इन्द्रेणी संवाददाता
दाङ, ८ पुस । जबरजस्ती करणी गरेर फरार भएको एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतले २०७२ सालमा फैसला गरी ६ वर्ष कैद सजाय तोकेका तुलसीपुर उपमहानगरपालिका ६ का खुमबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीलाई पुस ५ गते आफ्नै घरमा गएर प्रहरीले पक्राउ गरेको हो ।
दाङ देउखुरी जिल्ला अदालतले पुस ६ गतेको आदेश अनुसार उनलाई कारागार चलान गरिएको तुलसीपुर प्रहरीले जनाएको छ ।











