अभियान संवाददाता
दाङ, ७ पुस । दाङ–सल्यान सडकखण्डको राम्रीमा शुक्रवार साँझ भएको बस दुर्घटनामा परी २३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १२ जनाको सनाखत भइसकेको छ ।

Untitled-1 copyशिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन फर्कने क्रममा घोराहीस्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको बा ४ ख ९७६६ नम्बरको वस तुलसीपुर ३ राम्रीको भिरबाट करी ५ सय मिटर तल खसेको थियो ।

bbb