तुलसीपुर, ७ पुस । सहिद कृष्ण सेन इच्छुक प्राविधिक शिक्षालयका विद्यार्थीहरु चढेको बस दुर्घटना भएको प्रति तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले शोक व्यक्त गरेका छन् ।

ghanashyam copyविज्ञप्ती जारी गर्दै नगरप्रमुख पाण्डेले शिक्षा क्षेत्रमा भएको अत्यन्त दुःखलाग्दो घटनाले आफुलाई विक्षिप्त तुल्याएको वताउँदै घाइतेहरुको उद्दार र मृतकहरुको शव निकाल्नमा सहयोग गर्ने प्रहरी,सेना, शसस्त्र प्रहरी, स्थानीय र सर्वसाधारणलाई धन्यवाद समेत दिएका छन् ।

“तुलसीपुर उपमहानगरपालिकाले घाइतेहरुको उपचार र मृतकहरुलाई घरसम्म पुर्याउनका लागि पहलकदमी लिन तयार रहेको छ ” पाण्डेले उल्लेख गरेका छन् । नगर प्रमुख पाण्डेले शोककुल परिवार र विद्यालयलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरेका छन् ।