दाङ, ५ पुस । दाङको घोराहीमा रहेको सगरमाथा सिमेन्ट उद्योगले विपन्न परिवारलाई ३ सय कम्मल वितरण गरेको छ ।

s3बढ्दो चिसोबाट वच्नका लागि राहत होस् भन्ने उद्देश्यका साथ विपन्न परिवारलाई न्यानो कम्मल वितरण गरिएको उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदीले बताए ।

उनका अनुसार घोराही उपमहानगरपालिका विभिन्न स्थान र वंगलाचुली गाउँपालिकाका विपन्न परिवारलाई कम्मल वितरण गरिएको हो ।
यसैगरी तुलसीपुरमा रहेको राप्ती बहिरा संघमा रहेका १ सय सुस्तश्रवण भएका बालबालिकालाई पनि कम्मल वितरण गरिएको छ ।