इन्द्रेणी संवाददाता
दाङ, ३ पुस । दाङ घोराहीस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । घोराही १५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भीरमा विद्युत सट भएर आगो लागेको हो ।

agalagiआगलागीबाट सबै सामान जलेर नष्ट भएको छ भने पार्कीङ गरेर राखिएको ना २ अ १९३६ नम्बरको अटो रिक्सामा समेत जलेको छ ।

आगलागीबाट करीव १२ लाख ६४ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो उपमहानगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा आएको थियो ।