तुलसीपुर, २ पुस । नेपाल कम्युष्टि पार्टी क्रान्तिकारी माओवादीका महासचिब मोहन बैद्य ‘किरण’ ले सच्चा कम्युष्टि पार्टी निर्माण गर्ने बताएका छन् । त्यसका लागि बिप्लव, किराती, मोहन बिक्रमलगायतसंँग छलफल भइरहेको बताए ।

m3रिपोटर्स क्लव नेपाल दाङ शाखाले सोमवार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने ‘कुराकानी भइरहेको छ, टुट्न केही सजिलो भएपनि एकता गर्न केही कठिनाइ हुन्छन्, तर एकपटक सच्चा कम्युष्टिहरु एक हुन्छौं ।’