इन्द्रेणी संवाददाता
दाङ, २९ मंसिर । मोवाइल सेट चोरी गरेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्युठान देवस्थल घर भई घोराही उपमहानगरपालिका १४ पुरानो वसपार्क वस्दै आएका निमबहादुर बोहरलाई जिल्ला प्रहरी कार्यालय दाङले आज पक्राउ गरेको हो ।
शुक्रवार साँझ साम्सुम कम्पनीका दुई वटा मोवाइल सेट चोरी फरार भएरका बोहरालाई आज मात्रै मोवाइल सेट सहित पक्राउ गरेको हो । उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











