काठमाडौंँ, २९ मंसिर । सर्वोच्च शिखर सगरमाथा आफ्नै शीरमा भए पनि नेपाल आफैले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन । अरूले मापन गरेकै उचाइँलाई आधार मानेको थियो ।

त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेको थियो । सबैको मापन फरक फरक निस्किएको थियो । नेपालले आधिकारिक रुपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले मापन गरेको हो ।
यसैगरी अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो आजको गारेखापत्रमा खबर छ । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टानको भागको मात्र उचाई लिइएको थियो ।










