इन्द्रेणी संवाददाता
दाङ, २८ मंसिर । तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रवार भएको आगजनीबाट ठूलो धनको क्षति वेहोरेका तुलसीपुरस्थित अन्नपूर्ण टे«डर्सका सञ्चालक भिम घिमिरेलाई सहयोग स्वरुप ५१ हजार प्रदान गरेको छ ।

help photo (1)संघले आगजनीको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित घिमिरेलाई उक्त रकम हस्तान्तरण गरिएको हो । आगजनीबाट ठूलो क्षति भएकाले तत्काल राहतका लागि यो रकम प्रदान गरिएको संघका अध्यक्ष विरबहादुर रावतले बताए ।