काठमाडौं, २७ मंसिर। प्रधानन्यायाधीश र संवैधानिक निकायका रिक्त पदाधिकारी पदपूर्तिका लागि छलफल गर्न संवैधानिक परिषद्को बैठक पाँचौं पटक आज बस्दैछ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । हिजो बस्ने भनिएको बैठक पनि प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएको थियो ।
