काठमाडौं, २७ मंसिर। कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च भेगमा हिमपात भएको छ । हिमपातपछि जनजीवन कष्टकर बनेको छ । दुई दिनदेखि हुम्लामा घाम नलाग्दा न्युनतम तापक्रम माइनस ९ मा पुगेको छ ।
यस्तै, कालिकोटमा माइनस पाँच, जुम्लामा माइनस चारसम्म तापक्रम पुगेको छ । डोल्पाको भोट क्षेत्रमा पनि हिमपात भएको छ । हिमपात भएपछि अत्यधिक जाडो बढेको छ ।











