जाजरकोट, २६ मंसिर । जिल्ला प्रशासन कार्यालयले विभिन्न किसिमका पीडितलाई २७ लाख २२ हजार राहत वितरण गरेको छ । दैवीप्रकोप उद्धार समितिमार्फत पीडितलाई सो रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
चालू आव २०७५र७६ को अहिले सम्ममा १०८ परिवारले राहत रकम पाएका छन् । विपत्मा परी ज्यान गुमाएका १४ मृतकका परिवारलाई प्रतिपरिवार एक लाख, खाद्यान्न, लत्ताकपडासहित घर पूर्णरूपमा क्षति भएका नौ परिवारलाई प्रतिपरिवार ५० हजार र आङ्शिक रूपमा घर क्षति भएका ७७ परिवारलाई चार हजारदेखि २० हजारसम्म वितरण गरिएको छ ।
बाढीपहिरोबाट विस्थापित आठ परिवारलाई आठ हजारदेखि १५ हजार तथा अन्य राहत सामग्री वितरण गरिएको प्रजिअ बस्नतेले बताए । रासस
