इन्द्रेणी संवाददाता
दाङ, २६ मंसिर । साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिबाट अस्पतालमा काम गर्दै आएको कर्मचारीहरुले आफूहरुलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्न माग गर्दै प्रतिष्ठानको प्रशासनमा धर्ना दिएका छन् ।
उनीहरुले विहान १० बजेबाट प्रतिष्ठना प्रशासनको प्रांगनमा धर्ना दिएका हुन् । प्रतिष्ठान ऐन २०७४ को दफा ४४ को व्यवस्था अनुसार अस्पतालका कर्मचारीलाई प्रतिष्ठानकै सेवा सुविधानमा समायोजन गर्ने व्यवस्था भएका तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी समायोजनामा आनाकानी गरेको अस्पताल विकास समिति कर्मचारी संघर्ष समितिका संयोजक हिमराज गौतमले बताए ।
प्रतिष्ठानले समितिबाट काम गर्दै आएका ६२ जना कर्मचारीले साउन १ गतेदेखि ६ महिनाको तलव समेत नपाएको उनले बताए । प्रतिष्ठान प्रशासनले आफ्ना मागहरुको वेवास्था गरे थप आन्दोलनका कार्यक्रम अगाडि बनाउने संयोजक गौतमले चेतावनी दिए ।
