इन्द्रेणी संवाददाता
दाङ, २६ मंसिर । जिल्ला प्रहरी कार्यालय दाङले बजारमा चोरी गर्ने पाँच जना महिलालाई पक्राउ गरेको छ ।
मालसामान खरिद गर्ने बरबहानामा पसलहरूमा गई केही महिलाले ब्यापारीहरूलाई सामान देखाउन भनी अलमल्याउने र संलग्न अन्य महिलाहरूले व्यापारीले थाहा नपाउने गरी सामान चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई चोरी गरेका ब्ल्याङ्केट थान ४ सहित मंसिर २३ गत घोराही १५ स्थित बजारबाट पक्राउ गरिएको डिसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् । उनीहरुलाई गरी मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको छ ।











