काठमाडौं २० असार ।  विश्वविद्यालयबाट मास्टर्स डिग्री गरेका विद्यार्थीमा आफ्नै देशको जानकारी समेत कमजोर पाइएपछि त्रिभुवन विश्वविद्यालयले ‘नेपाल स्टडी’ विषय अनिवार्य गर्ने तयारी गरेको छ ।

Central-Office-Building-Kirtipurमानविकी , इन्जिनियरिङ, व्यवस्थापन तथा अन्य प्राविधिक विषयमा समेत अनिवार्य विषयको रूपमा ‘नेपाल स्टडी’ कसरी अध्यापन गराउने भनेर त्रिविको प्राज्ञिक परिषद्मा छलफल सुरु भएको छ ।

त्रिविका उपकुलपति प्रा.डा.तीर्थ खनियाले नेपाल स्टडी महत्वपुर्ण विषय रहेको र यसलाई कसरी पढाउने भन्नेमा प्राज्ञिक परिषद्मा छलफल भएको जानकारी दिनुभयो । नेपाल स्टडीलाई छुट्टै विषय बनाउने वा अन्य विषयभित्रै नेपाल स्टडीका कन्टेन्ट राख्ने भन्ने कुराले आकार नलिएको उहाँले बताउनुभयो ।