इन्द्रेणी संवाददाता
दाङ, २० मंसिर । तुलसीपुरको वडा प्रहरी कार्यालयले अबैधरुपमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी, वालुवा उत्खनन्मा संलग्न चार वटा टेक्टर
लाई नियन्त्रणमा लिएको छ ।
ती टेक्टरहरुले अबैध रुपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने क्रममा विहीबार प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएका टेक्टरहरुमा रा १ त ८६९, रा १ त १८२३, रा १ त ३११२ र रा १ त ३२६९ नम्बरका रहेका छन् ।











