शंकर के सी
सल्यान, १८ मंसिर । आफ्नो गाउँपालिकाभित्र के कस्ता कला संस्कृति छन् भनेर पहिचान गर्नका लागि सल्यानको त्रिवेणी गाउँपालिकाले ‘लोक कला संस्कृति सम्मेलन २०७५’ आयोजना गर्ने भएको छ । गाउवस्तीका मौलिक संस्कृति लोप हुन पुगेको भन्दै चिन्ता व्यक्त भइरहेको बेला गाउँपालिकाले यस प्रकारको सम्मेलन आयोजना गरेको हो ।

44150627_2069480476445070_1270199533699072000_n (1)गाउँपालिकाभित्रका सबै वडामा कस्ता कस्ता संस्कृति रहेछन् भनेर सम्मेलनमा पहिचान गरिने गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले बताए । यही आउँदो शनिबार २२ गते लुहामस्थित त्रिवेणि तिर्थशाला धाममा लोक कला संस्कृति सम्मेलन आयोजना गरिने उनले बताए ।

सल्यानको त्रिवेणीस्थित पिमखोला सोरठी, टप्पा र पैसरु नृत्यका लागी प्रख्यात मानिन्छ । यद्यपि पछिल्ला पुस्ताहरु मौलिकतालाई भुल्दै आधुनिकतातिर बढी आकर्षित भइरहेको र भएका संस्कृतिलाई निरन्तरता दिनतर्फ कसैको पहल नभएको पाइन्छ ।