काठमाडौँ, १५ मंसिर । युनिभर्सल पिस फेडरेसनको आयोजनामा आजदेखि राजधानीमा एसिया प्रसान्त सम्मेलन २०१८ सुरू हुँदैछ ।

asia-pacific-summit-2018दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा एसिया प्रसान्त क्षेत्रमा उच्चस्तरीय राजनेता तथा प्रतिनिधिको सहभागिता रहने छ । सम्मेलनको मुख्य विषय विश्वका गम्भीर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य–मान्यता’ रहेको छ ।

सम्मेलनमा विभिन्न सत्रहरूमा गरिबी, आतङ्कवाद, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर–धार्मिक सङ्गठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चार माध्यमको भूमिकाविश्वव्यापी शान्ति प्रक्रिया र शान्ति परियोजनालगायतका विषयमा छलफल हुने बताइएको छ ।