सल्यान, १४ मंसिर । सल्यान वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो ।
नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्म नगरपरिषद् हुन नसकेपछि शिक्षकलगायत नगरपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाउन सकेका छैनन् । आफूहरुले पटकपटक नगरपालिकामा आफ्नो समस्या राखे पनि सुनुवाइ नभएपछि पेनडाउन गरेर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरुले बताएका छन् ।
उधारोमा धेरै काम गर्न नसकिने भन्दै तलब सुविधा नपाएसम्म आन्दोलन नरोकिने शिक्षक महासङ्घ सल्यानका सचिव सुरेशसिंह राठौरले जानकारी दिनुभयो । “तलब नखाएर काम गर्न लागेको पाँच महीना बितिसक्यो नगरपालिकाभित्रका शिक्षकले तलब खान पाएका छ्रैनन्, उधारोमा काम कहिले सम्म गर्ने रु”, सचिव राठौरले भने ।
लामो समयसम्म पनि तलब नपाएपछि घर खर्चसमेत चलाउन गाह्रो हुनथालेको सरस्वती आधारभूत विद्यालय सल्लीबजारका शिक्षक सुरेन्द्र खड््काले जानकारी दिए । “हामी हाम्रा विद्यार्थीको भविष्यप्रति चिन्तित छौँ, पटकपटक नगरपालिकामा आफ्नो समस्या राख्याँै सुनुवाइ भएन, विकल्प नभएपछि विद्यालय बन्द गरेका हौँ”, शिक्षक खड्काले भने ।
समयमै नगरपरिषद् नहँुदा शिक्षकसहित नगरपालिकाका कर्मचारीले तलब पाएका छैनन् भने विकास निर्माणका कामसमेत ठप्प छन् । कार्यपालिाकको बैठक पटकपटक बसे पनि सहमति हुनसकेको छैन । नगरपालिकाभित्र गत आर्थिक वर्षमा नगरपालिकाभित्र सम्पन्न भएका क्रियाकलापको समीक्षा गर्नुपर्ने माग राख्दै उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्य प्रमुखको विपक्षमा उभिएपछि परिषद् हुनसकेको छैन ।
कर्मचारी तथा शिक्षकलाई तलब सुविधा तत्काल उपलब्ध गराउने पक्षमा आफूहरु रहेको वनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख मञ्जु यरीले वताए । रासस
