इन्द्रेणी संवाददाता
दाङ, १२ मंसिर । सभामुख कृष्णबहादुर महराले दाङको घोराहीको गुलरियामा रहेको कृत्रिम जलाशयमा पौडी खेल्नेक्रममा डुवेर ज्यान गुमाएका घोराही १५ का लक्ष्मण डिसीको निधन अकल्पनीय भएको भन्दै दुःख व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै महराले मृतक डिसीको परिवारजनप्रति सम्वेदना प्रकट गरेका छन् ।
