काठमाडौँ, ११ मंसिर । सरकारले आजदेखि सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु गर्दैछ ।

photo kpकाठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै छन् ।
सामाजिक सुरक्षा योजना सञ्चालनका लागि ऐन, नियमावली र कार्यविधिसमेत निर्माण भइसकेका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीले मुलुकमा सामाजिक सुरक्षा दिवसलाई नयाँ युगको सुरुवातको सङ्ज्ञा दिएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।